ड्रागनफलको बारेमा जानकारी (Introduction to Dragon fruit)
ड्रागनफलको बारेमा जानकारी
ड्रागन (सिउडी) फल अनौंठो लाग्न सक्छ, तर यो फलको स्वाद गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ । स्वादका पारखिहरुले सिउडी(ड्रागन) फललाई भगवानले दिएको उपहार पनि भन्दछन् । फलको तौल २०० ग्राम देखि १.२ के.जी.सम्मको हुन्छ । यसको खेति खास गरिकन थाईल्याण्ड, चाईना, भियतनाम, इन्डोनेसिया, ताईवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुक(कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेटिना) आदिमा गर्ने गरेको पाईन्छ । यस्को फूल रातमा फक्रने भएकोले यसलाई रातकी रानी (queen
of the night or, lady of the night or moon flower) पनि भनिन्छ । यो विरुवाले एक पटक लगाए पछि १५–२० वर्ष सम्म उत्पादन दिन सक्दछ । र बर्षमा ६ महिना सम्म फल दिन्छ । मध्य तथा दक्षिण अमेरिकाको आद्रतायुक्त उष्ण प्रदेशिय क्षेत्र यसको उद्यगम स्थल मानिन्छ ।
जापानको ओकिनावा प्रिफेक्चरमा त्यस क्षेत्रका कृषकहरुले ग्रिनहाउस भित्र र खुला क्षेत्रमा समेत यस्को खेति व्यापक रुपमा गरेको पाईन्छ । त्यस क्षेत्रमा सन् १९८० को दशकवाट नै यसको खेति गरिदै आएको पाईन्छ । त्यहाको किसानको लागि यो राम्रो आम्दानीको श्रोत मानिन्छ । उचाई, तापक्रम, माटो तथा हावापानीको आधारमा हेर्दा नेपालको पुर्वि तथा मध्य तराइ क्षेत्रमा यस्को खेति संभावना देखिन्छ । नेपालको तराई क्षेत्रमा सिउडी प्रजातिको विरुवा हुर्के बढेको हामीले देखेकै छौ । यसलाई पितहाया (Pitahaya) को नामले पनि चिनिन्छ । यस्को वैज्ञानिक नाम Hylocereus
undatus हो । यस्को काण्ड (stem) कमजोर भएकोले सपोर्टको आवश्यकता पर्दछ । यस्को लहरा (tendril) ड्रागनको जिब्रो जस्तो हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो । यस्को फल यसो हेर्दा प्याजको गानो जस्तो एक दुई पत्र भएको वोक्रा भित्रको गुदि वास्नादार रातो तथा कुनै कुनै जातको भने सेतो, वैजनी तथा पहेलो गुदि हुन्छ ।
नेपालमा ड्रागनफल
नेपालमा ड्रागनफल २०५७
सालदेखि सर्वप्रथम ललितपुर भैसेपाटी स्थित किरात खिमका बरिष्ठ पशु चिकित्सक डा. जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट भित्राई परीक्षणाको रुपमा खेती शुरु गरेका थिए । यो फल मेक्सिकोमा रैथाने फल हो ।
विगत एक दशकभित्र यसको सामान्य प्रचार भएपनि व्यावसायिक विकास भएको थिएन । प्रथमत यसको व्यावसायिक खेतीको शुरुवात राष्ट्र विकासमा समर्पित बेलायत तथा सिङ्गापुरका भूतपूर्व सैनिकहरुद्धारा प्रवद्धित गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्थाले २०७०
सालबाट शुरु गरेकोहो ।
१२ प्रकारका मिनरल्स तथा भिटामिनहरु पाईने यो फलमा “एन्टीअक्सीडेन्ट” अर्थात क्यान्सर प्रतिरोधात्मक गुण समेत रहेको पाईन्छ । सिउँडी प्रजातिमा पर्ने यो फलको खेती गर्मी हुने ठाऊँहरुमा गर्न मिल्छ ।
समुद्र सतहदेखि १ हजार ५
सय मीटरसम्मको उचाईमा सफलतापूर्वक यसको खेती भएको छ । मध्यपहाडी, बेशी तथा भित्री मधेश तथा तराईका जिल्लाहरुमा
व्यावसायिक खेती गर्न सकिन्छ ।
एक कप वा १०० ग्राम ड्रागन फलमा पाईने तत्वहरु :
उपलब्ध तत्वहरु
उपलब्ध मात्रा
पानी ८२.५ – ८३ ग्राम
प्रोटिन ०.१५९– ०.२२९
खरानी ०.२८
चिल्लो पदार्थ
०.२१– ०.६१
रेसा ०.७– ०.९
क्यारोटिन ०.००५– ०.०१२
क्याल्सियम ६.३– ८.८
फोसफोरस ३०.२ – ३६.१
फलाम ०.५५– ०.६५
भिटामिन बि वान ०.२८–०.४३
भिटामिन बि टु
०.०४३–०.०४५
भिटामिन बि थ्रि ०.२९७ –०.४३
भिटामिन सि
८–९
थायमिन ०.२८ – ०.३०
राईवोफलेविन ०.०४३ – ०.०४४
नियसिन १.२९७ – १.३
अन्य ०.५४– ०.६८
वहुआयमिक फल भएकोले यस्को उपयोग ताजा खाना, तरकारीको साथै पेयपदार्थ,सौन्दर्य प्रदायक तथा स्वास्थ्य वद्र्धक खाद्य पदार्थ उत्पादन सम्बन्धि उद्योगमा हुने गरेको छ ।
खेती
व्यवस्थापन :– १ रोपनी जग्गामा १
सय बोट रोप्न सकिने यो फललाई पानी जम्ने र बढी बर्षाद अनि चिस्यानबाट जोगाउनु पर्दछ । प्रति रोपनी १
हजार किलोसम्म फल दिने यो फल सानोमा १५० ग्राम र ठूलोमा १ किलोसम्मको हुने गरेको छ । यसको खेती गर्दा सिमेन्टद्धारा बनाईएको ७
फिटको पिलर वा काठको त्यतिनै थाक्राको अनिवार्य व्यवस्था गर्नु पर्दछ । तुलनात्मक रुपले रोग तथा किरा कम लाग्ने यो फल उपयोगी मानिन्छ ।
मलिलो माटो, रुखो माटो जुनसुकैमा रोप्न सकिने भएपनि कम्पोष्ट मलको व्यवस्था गर्नुपर्ने हुन्छ ।
यो फललाई गमलामै पनि रोप्न मिल्छ । कौशि र करेसा बारीमा समेत खेती गर्न मिल्छ ।
विरुवा रोप्ने तरिका :– यो फल दुई तरिकाबाट खेती गर्न मिल्छ ।
१) ब्यावसायिक :– ६ फीट ८ ६ फीटको फरकमा लाइन मिलाएर २ फीट गहिरो तथा १ फीट चौडा भएको खाल्डो बनाई प्रति बोट २ के.जी कम्पोष्ट मल र माटो मिसाई मोलेर बेर्ना रोप्ने विरुवा रोपेको ठाँऊमा ७ फीट अग्लो सिमेन्ट पिलर वा काठको थाक्रा दिने जमिन माथी कम्तीमा ५ फीट अग्लो राख्ने ।
२) गमलातर्फ :– कम्तीमा ३ फीट अग्लो तथा ३ फीट नै गोलाई भएको गमलामा मलिलो माटो, कम्पोष्ट मल ५ के.जी. बालुवा र गिट्टी मिसाएर अनुमानित ६ के.जी. गरेर गमलाको मूनि भरेर माथिबाट मल र माटो मिसाएर विरुवा रोप्ने यसमा पनि सिमेन्टको थाक्रा दिने ।
इच्छा अनुसार खेती :– यो फललाई छाता जस्तो, लहरा जस्तो, बुट्टयान जस्तो गरेर आफ्नो इच्छा र आवश्यक्ता अनुरुप खेती गर्न सकिन्छ ।
ड्रागन फलको महत्व (Important of dragon fruit) M
- सर्वगुण भएर नै होला सायद यसलाई ईशवरीय फल मानिएको । यस्को सेवनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मदत गर्दछ -antioxidants”
and “it’s thought to help protect against stress-related disorders_
- यस्को नियमित सेवनले शरिरमा रहेको विशाक्त तत्वलाई हटाउछ -Neutralizing toxic substances) । साथै रगतमा भएको उच्च कोलेस्टोरल घटाउनुको साथै उच्च रक्तचापलाई घटाउन मदत गर्दछ ।
- दम तथा कफका रोगिलाई फाइदाजनक मानिन्छ (Improve
the general immune system) ।
- भिटामिन सि, प्रशस्त मात्रामा पाउने हुदा अनुहारको छाला सुन्दर बनाउनुको साथै चोटपटक लागेर काटेको तन्तुलाई छिटो बढन् मदत गर्नुको साथै रोग प्रतिरोधि शक्ति बढाउन सहयोग गर्दछ ।
- यस्को फलमा भिटामिन वि वान, वि टु, वि थ्रि पाउनुको साथै वहुभिटामिनको श्रोत मानिन्छ र भोक जगाउन सहयोग गर्दछ (Act as multi vitamin and help in recovering and
improving loss of appetite) ।
- यस्को सेवनले आखाको तेज बढ्नुको साथै शरिरलाई तनावमुक्त बनाउछ (improve
eyesight and prevents hypertension) ।
- यस्मा प्रशस्त मात्रामा क्याल्सियम, फोसफोरस पाईन्छ । यस्को नियमित सेवनले शरिरको हड्डी तथा दाँत बलियो बनाउनुको साथै तन्तुहरुको विकासमा मदत गर्दछ ।
- यस्को नियमित सेवनले शरिरको तौल घटाउनुको साथै शरिरलाई शन्तुलित बनाई राख्न मदत गर्दछ । रगतमा ग्लुकोजको मात्रा घटाउनुको साथै मधुमेह–२ कम गर्दछ ।
- यसलाई फलको रुपमा, तरकारीको रुपमा, फूलको रुपमा, स्वास्थ्यवद्र्धक, औषधिजन्य तथा पैसाले किन्न नसकिने सम्पदाको रुपमा लिईन्छ ।
माटो
यस्को खेतिको लागि निकासयुक्त, प्रशस्त मात्रामा प्रागारिक पदार्थ भएको वलौटे दोमट तथा चिम्टाइलो दोमट माटो उपयुक्त मानिन्छ । माटोको पि.एच मान ५.३ देखि ६.७ सम्म राम्रो मानिन्छ । पितयाको छोटो जरा(१५ देखि ३०से.मी.) हुने हुदा हल्का तथा मलिलो माटो हुनु अति आवश्यक हुन्छ ।
हावापानी
यो एक प्रकारको उष्ण प्रदेशिय हावा पानीमा हुर्कने विरुवा हो । यो प्रजातिको विरुवा वर्षभरी एकनासको पानी पर्ने क्षेत्रमा राम्रोसंग हुर्कने गर्दछ । यस्को खेति समुन्द्र सतहवाट १०० देखि ८०० मिटर उचाई सम्मको क्षेत्रमा व्यवसायिक रुपमा गर्न सकिन्छ । पुर्णरुपमा सूर्यको प्रकाश लाग्ने स्थान यस्को लागि उपयुक्त मानिन्छ । प्रकाश कम परेको अवस्थामा विरुवाको बृद्धि विकास कम भएर जान्छ ।
ड्रागन फलको खेति गरिने मुख्य प्रजातिहरु (variety of the dragon fruits)
१. गुदी रातो हुने जात :
१.१. हाईलोसेरिएस अनडाटस (Hylocereus undatus)
- ठुलो फूल भएको, वास्नादार, राति फुल्ने, लहरे प्रजाति ।
- फलको तौल १ के.जी वा सो भन्दा वढि हुने ।
- फलको वाहिरी वोक्रा चिल्लो रातो र भित्रको गुदि चिप्लो सेतो र मसिनो कालो वीया भएको ।
- काण्डमा साना मसिनो काँडा हुन्छ ।
१.२. हाईलोसेरिएस पोलिराइजस (Hylocereus polyrhizus)
- फलको तौल १ के.जी.सम्म हुन्छ ।
- वाहिरी वोक्रा रातो भित्री गुदी गाढा रातो र कालो मसिनो विया भएको ।
- काण्डमा अलि अलि काँडा हुन्छ ।
२. पहेलो हुने जात :
२.१. सेलेनिसेरेस मेगालान्थस (Selenicereus megalanthus)
- फल केहि सानो पहेलो वोक्रा भित्र गुदि सेतो विया मसिनो कालो हुन्छ ।
- फलको स्वाद रातो प्रजाति केहि वढि गुलियो ।
- यसमा Heart tonic captine पाईन्छ ।
जमिनको तयारी तथा विरुवा रोप्ने तरिका (land prepartion and plantation)
विरुवा लगाउने जमिनलाई राम्रोसंग खनजोत गरी प्रशस्त मात्रामा पंरागारिक मल मिसाई माटो हल्का तथा वुरवुराउदो बनाउनु पर्छ । लाईन देखि लाईनको दुरी २.५ मिटर र वोटवाट वोटको दुरी २ मिटर हुने गरी रेखांकन गर्नु पर्दछ । यसरी विउ अथवा विरुवा लगाउदा १ हेक्टर क्षेत्रफलमा ८००० विरुवा र २००० पोल लाग्दछ । यसको विरुवालाई अडिनको लागि पोल वा खावोको आवश्यकता पर्दछ । चित्रमा जस्तै पोलहरुलाई डोरीले वाधेर विरुवा अडिन दिनु पर्छ । सिउडी विरुवाको उचाई १.५ मिटर सम्म हुन्छ ।
विरुवा अडयाउने पोल पनि त्यसै अनुसारको दिनु पर्दछ । पोललाई ५० से.मि. गाडेर दरो किसीमले अडयाउनु पर्छ । प्रत्येक पोलको वरीपरी ३० से.मि. फरक पर्ने गरी ४ वटा विउ वा विरुवा रोप्नु पर्छ । सोझै विउ रोप्दा ५ से.मि. गहिराईमा र कटिड. विरुवा रोप्दा भने पोलिथिन व्यागमा जति गहिराईमा विरुवा गढेको छ त्यसै अनुसार गाड्नु पर्छ र विरुवालाई केहि मात्रामा पोल तर्फ ढल्काएर रोप्नु पर्छ । विरुवा सारी सकेपछि हल्का सिचाई गरेर विरुवाको वरीपरी पराल वा खरको छापो दिनु पर्छ । जसले गर्दा माटोमा रहेको चिस्यानलाई जोगाएर राख्न मदत गर्दछ ।
विरुवा प्रशारण तरिका (propagation)
यस्को विरुवाको प्रशारण कलमि तथा विउवाट गरिन्छ । २५—३० से.मि. लामो काण्डको टुक्रालाई पोलि व्यागमा रोपेर नर्सरीमा हुर्काईन्छ र ३ महिना पछि विरुवा रोप्न लायक हुन्छ । पोलि व्यागमा विरुवा तयार गर्दा माटो, वालुवा, पं्रागारिक मलको(१ः१ः१)मिश्रण बनाई कालो पोलि व्याग(९”×१३”) भर्नु पर्छ र विरुवा राप्नु पर्छ । नर्सरीमा विउ रोपेर पनि विरुवा उत्पादन गर्न सकिन्छ । अथवा सोझै पोलको वरपर प्रति पोल ४ वाटा वीउ रोप्न पनि सकिन्छ । नर्सरीको विरुवालाई माटोको चिस्यान अवस्था हेरी पानी दिनु पर्दछ । तर वढि पानी भएमा विरुवाको जरा कुहिन सक्छ ।
मलखाद्य व्यवस्थापन (fertilizer management)
विरुवा रोप्ने प्रत्येक खाल्डोमा ७–१० के.जी. राम्ररी कुहिएको गोवर मल १००–२०० ग्राम वोकासि मल र ३० ग्राम डि.ए.पि, २५ ग्राम म्युरेट अफ पोटास, २५ ग्राम डर्सभान(क्लोरोपाइरीफस)धुलो मिसाई माटोलाई राम्रोसंग मिलाउनु पर्छ । वानस्पितिक वृद्धिको अवस्थामा नाईट्रोजनयुक्त मल दिनु आवश्यक हुन्छ भने विरुवाको सुषुप्त अवस्था तथा फूल फुल्न सुरु गरेपछि(डिसेम्वर देखि मार्च सम्म) मल दिन बन्द गर्नु पर्छ । वानस्पितिक बृद्धिको अवस्थामा २ हप्ताको फरकमा पातमा फोलियर स्प्रे गर्नु राम्रो मानिन्छ ।
तर फूल फुल्न सुरु गरे पछि भने बन्द गर्नु पर्छ । विरुवामा मल कति दिने र कसरी दिने भन्ने कुरा विरुवाको वृद्धि विकासको अवस्थामा भर पर्दछ । प्रत्येक वर्ष एक वा दुई वर्षको विरुवाको लागि नाइट्रोजन २०० ग्राम, फसफोरस १०० ग्राम र १५ ग्राम पोटास मल दिनु पर्दछ । त्यसैगरी ३ वर्षे विरुवाको लागि नाइट्रोजन ५०० ग्राम, फसफोरस २०० ग्राम र ४००–५०० ग्राम पोटास प्रति वोटमा दिनु पर्दछ । विरुवा ४ वर्षको लागे पछि नाइट्रोजन ८००–१००० ग्राम, फसफोरस ४००–५०० ग्राम र पोटास ५००–८०० ग्राम प्रति वोटमा दिनु पर्दछ । यसै मात्रालाई अन्य ५, ६ वर्षलाई पनि कायम गर्न सकिन्छ ।
काँटछाट (pruning)
खासगरी विरुवाको सामान्य अवस्था हेरी विरुवामा के कस्तो आकार दिने हो सोही अनुसार उचगलष्लन गर्नु पर्दछ । यसलाई विचमा खुला तथा छाता जस्तो आकार (umbrella
shape canopy) वनाउनु उपयुक्त हुन्छ ।
रोग किरा (diseases and pest)
यस्को विरुवा कमलो हुने हुदा फल, काण्ड, पात, आँकुरा, फूल, जरा आदिमा विभिन्न किसीमका रोग कीराले आक्रमण गर्न सक्दछ । मुख्य रुपले लाग्ने कीराहरुमा धमिरा, थ्रिप्स, कमिला, कत्ले कीरा, मिलिवग, खपटे, चिप्ले कीरा, गवारो, नेमाटोड, फल कुहाउने झीगा, मुसा, चरा, तथा चमेरो आदि पर्दछन् । माटो भित्र बीने किराको लागि क्लोरोपाईरीफोस प्रयोग गर्न सकिन्छ । रोगको लागि भने कपरयुक्त ढुसिनासक विषादि कपर, कपर अक्सिक्लोराईड, डाइथेन एम ४५, म्यान्कोजेब, आदि प्रयोग गर्न सकिन्छ । फल तयार हुन लागे पछि कम्तिमा १५—२० दिन अगाडीवाट विषादि छर्न वनद गर्नु पर्छ ।
सिंचाई तथा निकास प्रवन्ध (irrigation and drainage management):
यस्को वोटको वृद्धि अनुसार पानीको आवश्यकता वढ्दै जान्छ । फलको विकास भइ रहेको समयमा पानीको अभाव हुनु हुदैन । तर वोटको फेदमा पानी जमेमा जार कुहिन सक्दछ । तसर्थ पानी सिंचाई गर्दा फेदमा नपर्ने गरी औठी आकारको कुलेसो वनाएर वरीपरी दिनु पर्दछ । गर्मि मौसममा ५–७ दिन विराएर पानी सिंचाई गर्नु पर्दछ । मलखाद्य दिए पछि सिंचाई दिनु अति आवश्यक हुन्छ । यस्को लागि सिंचाई व्यवस्था मेवा वालीको लागि जस्तै हो । धरै पानी भएको अवस्थामा विरुवाको जरा कुहिने र लामो समय सुख्खा भएमा विरुवा ओईलाउन थाल्दछ । यस्को मुख्य कारण भनेको जरा धेरै गहिराईमा नजानु हो (shallow
rooted crop) । सुख्खावाट जति प्रभाव पर्छ पानी जम्नाले त्यतिकै असर पार्दछ । तसर्थ यस्को लागि उचित सिंचाई व्यवस्थाको साथै राम्रो निकास व्यवस्था गर्नु पर्ने भएकोले निकास कुलो बनाएर पानी कटाउने व्यवस्था मिलाउनु पर्छ । भरखर रोपेको विरुवामा चिस्यान वढि हुने गरेर पानी दिनु हुदैन वरु सुख्खा भए पछि मात्र पानी दिनु राम्रो मानिन्छ ।
उत्पादन (production):
फल तयार भई सके पछि फलसंग जोडिएको टर्मिनल पेटल रातो भएर जान्छ र फलको तलको भाग सुनिएको जस्तो देखिन्छ । पहिलो चक्रको वालीको तयारी Jun-October र दोस्रो चक्रको वाली Dec – Jun
मा तयारी हुन्छ । ड्रागनको फल, फूल लागेको ३०—५० दिनमा तयार हुन्छ । प्रति वर्ष ५–६ वाली चक्रको फसल लिन सकिन्छ (between May and November)। फललाई ५ डिग्री सेल्सियस, तापक्रम र ९०% सापेक्षिक आद्रताको अवस्थामा ४० दिन सम्म राख्न सकिन्छ । पहिलो वर्षमा प्रति पोल ८–१० वटा फल लाग्दछ । मुख्य सिजनको रुपमा असोज–फाल्गुन चक्रलाई मानिन्छ । सिउडी फलको उत्पादन प्रति रोपनी २५०–३०० के.जी सम्म हुने गर्दछ । विरुवामा १.५– २ वर्ष पछि फल लाग्न सुरु गर्दछ । एक पटक लगाएको विरुवाले १५–२० वषसम्म फल दिन सक्दछ । विरुवा june महिनामा फुल्न सुरु गर्दछ र October महिना सम्म फुलि रहन्छ ।
Comments